मुख्य समाचार
उढरापुर प्रतिक्षालयमा खुलेआम लागु औषध बिक्रि वितरण धनौली ले गर्न सकेन रोकथाम | भेरी रकर्स स्पोर्ट्स क्लब द्वारा देशभरबाट सदस्यताको लागि आह्वान | बाँके क्षेत्र नम्बर ३ मा काङ्ग्रेस र एमाले को कडा टक्कर | लागु औषध नियन्त्रण का लागि ईलाक प्रहरी धनौली को कारवाही | बिपि चोकमा आयो एम डि क्याफे एण्ड रेष्टुरेण्ट सन्चालनमा | सिपमा दक्षता दिन नेपालगञ्जमा खुल्यो लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टर | नेबि संघ मुस्लिम बिभागको केन्द्रिय संयोजकमा भाँट चयन | राजस्व उठाउने स्वार्थमा खजुरा गाँउपालिकाले खेती योग्य जमीन नष्ट पार्दै | नर्सिङ्ग क्याम्पस नेपालगन्जमा नेबि संघ कि स्ववियु उम्मेदवार थारु | खजुरा गाँउपालिकाले दियो जनयुद्व को सम्झनामा सार्वजनिक बिदा |

समाचार २० पौष २०८२, आइतबार

लागु औषध नियन्त्रण का लागि ईलाक प्रहरी धनौली को कारवाही

Hamro Janawaj News

असलम भाँट

खजुरा गाउँपालिकामा लागु औषध को सेवन र बिक्रि बितरण खुले आम भै रहेको अवस्थामा ईलाका प्रहरी कार्यालय धनौली अहिले सक्रियता देखाएको छ ।

प्रहरी को सक्रियतामा गोदाहना गाउँ बाट लागु औषध सेवन कर्ता र बिक्रेता लाई ईलाका प्रहरी कार्यालय धनौलीले पक्राउ गरेको छ ।

ठुलो डिलर भएको ठाउँ को रुपमा परिचित उढरापुर प्रतिक्षालय देखि सप्लाई भएर बठवा गोदाहना सोनबर्षा रनियापुर सम्म बिक्रि भै रहेको ति तस्कर हरु तिर प्रहरीको ध्यान नगएको स्रोतले जनाएको छ । 

नेपालगन्ज गुलरिया राजापुर सम्म गुडने हाईस हरुलाई बाटामा रोकि रोकि लागु औषध बिक्रि भै रहेको स्थानिय हरु बताउछन । 

स्थानिय का अनुसार प्रहरीले देखावटी रुपमा सेवन कर्ता हरुलाई समात्ने ठुला लागु औषध ब्यापारी हरुलाई बेवास्ता गर्ने आरोप लगाएका छन । प्रहरी ले थप सक्रियता देखाउने हो भने ठुला लागु औषध ब्यापारी हरुलाई तत्काल पक्राउ गर्न सकिने स्थानिय बुद्विजिवी बताउछन । 

भारत को बोर्डर बलैगाउ मैनापोखर देखि भारत जाने सिमानाका बाट लागु औषध तस्करी भै रहदा ईलाका प्रहरी मैनापोखर को ध्यान गएको छैन ।  बर्दिया को शितला बजार नपुग्दै मुनाल बस्ती जाने बाटो को मोडमा रहेको प्रतिक्षालय देखि भारत छिर्ने बाटो हुदै दैनिक रुपमा लागु औषध ओसारपसार भै रहदा पनि प्रहरीको आँखामा नपर्नु प्रहरीको मिलोमतो वा लापरवाही  भन्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार