खजुरा गाउँपालिका वडा नम्बर ७ उढरापुर प्रतिक्षालयमा खुलेआम लागु औषध बेच बिखन भै रहँदा पनि ईलाका प्रहरी धनौली भने मौन रहेको देखिएको छ । >
नेपालगन्ज गुलरिया हिडने हाईसका सवारी चालक देखि बैङ्कका कर्मचारी सम्म प्रतिक्षालयमा लागु औषध खरीद गर्न आउने गरेको स्थानियले बताएका छन । >
भारतको बलैगाउँ देखि अत्यधिक मात्रामा लागु औषध निकासा गरि उढरापुर गाउँ हुदै भारतिय नम्बर प्लेट सवारी साधन द्वारा सुर्खेत सम्म सप्लाई गर्ने गिरोह ब्यापक रुपमा सक्रिय रहेको स्थानिय बताउछन । >
प्रतिक्षालयमा खुलेआम बेचबिखन भै रहेको सुचना ईलाका प्रहरी लाई दिदा पनि अहिले सम्म कुनै कारवाही नभएको स्थानियले गुनासो गरेका छन । यसरी गोप्य सुचना पटक पटक दिंदा पनि प्रहरी सक्रिय नहुनु ब्यापक रुपमा बिक्रि बितरण हुनु ईलाका प्रहरी धनौली माथि गम्भिर प्रशन उठेको छ । >
ईलाका प्रहरी धनौली को सक्रियता कम्जोर देखिएपछि लुम्बिनी प्रदेश ब्युरो को टोलीले निगरानी बढाएको स्रोतले जनाएको छ । >>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन