मुख्य समाचार
उढरापुर प्रतिक्षालयमा खुलेआम लागु औषध बिक्रि वितरण धनौली ले गर्न सकेन रोकथाम | भेरी रकर्स स्पोर्ट्स क्लब द्वारा देशभरबाट सदस्यताको लागि आह्वान | बाँके क्षेत्र नम्बर ३ मा काङ्ग्रेस र एमाले को कडा टक्कर | लागु औषध नियन्त्रण का लागि ईलाक प्रहरी धनौली को कारवाही | बिपि चोकमा आयो एम डि क्याफे एण्ड रेष्टुरेण्ट सन्चालनमा | सिपमा दक्षता दिन नेपालगञ्जमा खुल्यो लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टर | नेबि संघ मुस्लिम बिभागको केन्द्रिय संयोजकमा भाँट चयन | राजस्व उठाउने स्वार्थमा खजुरा गाँउपालिकाले खेती योग्य जमीन नष्ट पार्दै | नर्सिङ्ग क्याम्पस नेपालगन्जमा नेबि संघ कि स्ववियु उम्मेदवार थारु | खजुरा गाँउपालिकाले दियो जनयुद्व को सम्झनामा सार्वजनिक बिदा |

मोरङमा सशस्त्र युद्धको समयमा लुकाइएको थियो सिलिण्डर बम, राजमार्ग विस्तार गर्दा भेटियो

Griha Sewa
मोरङमा सशस्त्र युद्धको समयमा लुकाइएको थियो सिलिण्डर बम, राजमार्ग विस्तार गर्दा भेटियो

 मोरङको सुन्दरहरैंचा–७ स्थित महेन्द्र राजमार्गमा पर्ने मालती पुल मुनी भेटिएका सिलिण्डर बम माओवादी सशस्त्र युद्धको समयमा राखिएको खुलेको छ । मालती पुलको मुनी बम रहेको भन्ने सूचनाको आधारमा नेपाली सेनाको बम डिस्पोजल टोलीले खोजी गरेको थियो । 

मालती पुलबाट करिब १० मिटर पश्चिममा सुरुङ खनेर राखिएका चार वटा सिलिण्डर भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । बम रहेको जानकारी माओवादी नेताहरुले नै दिएका थिए । महेन्द्र राजमार्ग विस्तार भइरहेकोले सुरक्षा सतर्कताका साथ खनिएको थियो । सेनाको बम डिस्पोजल टोलीले बम निस्क्रिय गर्ने क्रममा दिनभरी नै आवागमन ठप्प पारिएको थियो ।

भेटिएका चार सिलिण्डरमध्ये नेपाली सेनाले दुई वटालाई निष्क्रिय बनाएको थियो भने दुई वटा खाली सिलिण्डर पाइएको छ । बम निष्क्रिय गर्ने क्रममा ठुलो आवाजका साथ विस्फोट भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार