मुख्य समाचार
उढरापुर प्रतिक्षालयमा खुलेआम लागु औषध बिक्रि वितरण धनौली ले गर्न सकेन रोकथाम | भेरी रकर्स स्पोर्ट्स क्लब द्वारा देशभरबाट सदस्यताको लागि आह्वान | बाँके क्षेत्र नम्बर ३ मा काङ्ग्रेस र एमाले को कडा टक्कर | लागु औषध नियन्त्रण का लागि ईलाक प्रहरी धनौली को कारवाही | बिपि चोकमा आयो एम डि क्याफे एण्ड रेष्टुरेण्ट सन्चालनमा | सिपमा दक्षता दिन नेपालगञ्जमा खुल्यो लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टर | नेबि संघ मुस्लिम बिभागको केन्द्रिय संयोजकमा भाँट चयन | राजस्व उठाउने स्वार्थमा खजुरा गाँउपालिकाले खेती योग्य जमीन नष्ट पार्दै | नर्सिङ्ग क्याम्पस नेपालगन्जमा नेबि संघ कि स्ववियु उम्मेदवार थारु | खजुरा गाँउपालिकाले दियो जनयुद्व को सम्झनामा सार्वजनिक बिदा |

समाचार २७ माघ २०८२, सोमबार

बाँके क्षेत्र नम्बर ३ मा काङ्ग्रेस र एमाले को कडा टक्कर

Hamro Janawaj News

 नेपालगन्ज /  फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्यको लागि क्षेत्र नम्बर ३ मा एमाले र काङ्ग्रेस को टक्कर रहेको स्थानिय बताउछन । 

एमाले को गण मानिने क्षेत्र नम्बर ३ मा नेपाली काङ्ग्रेस का सहमहामन्त्री किशोर सिंह राठौर २०७९ को निर्वाचन मा जीत हासिल गरेका थिए । आफ्नो कार्यकालमा राम्रो काम गरेका राठौर ३ मा पुनः चुनावी मैदानमा उत्रेको भए काङ्ग्रेस जित्ने सम्भावना बढि थियो । 

नेपाली काङ्ग्रेस को प्रदेश सभापति अमर सिंह पुन चुनावी मैदानमा आउने बित्तिकै एमालेले दल बहादुर सुनार को टिकट काटि युवा नेता को रुपमा परिचित सुमन मल्ल लाई टिकट दिएको थियो । 

दल बहादुर सुनार फेरि चुनाव लडेको भए चुनाव हार्ने डरका कारण वडा अध्यक्ष भएर राम्रो काम गरेको मल्ल लाई एमालेले मैदानमा उतारेको स्थानिय बताउछन ।

नेपाली काङ्ग्रेसका प्रदेश सभापति अमर सिंह पुन पनि एउटा सहज र सरल उम्मेदवार भएका कारण मल्ल लाई चुनौती थपिएको स्थानिय बताउछन । 

बैजानाथ , खजुरा र जानकि गाउँपालिकामा काङ्ग्रेसको सङ्गठन बलियो भएको कारण एमाले लाई कडा टक्कर दिने काङ्ग्रेस का कार्यकर्ता बताउछन । 

रास्वपा का उम्मेदवार खगेन्द्र सुनार लाई दैलेख का मतदाता हरुले नपत्याएका कारण क्षेत्र नम्बर ३ दलितको मत पाईन्छ कि भनेर चुनावमा होमिएको  स्थानिय हरु बताउछन । 

बैजानाथ गाउँपालिका जानकि गाउँपालिका काङ्ग्रेसले जितेर काङ्ग्रेसको पकड राम्रो बनाएको स्थानिय बुद्दिजिवी हरु बताउछन । 

एमाले साङ्गठनिक रुपमा बलियो रहेको एमालेले वडामा काम गरि जनताको मन जित्न सफल भएको युवा उम्मेदवार लाई चुनावी मैदानमा उतारेर एमाले लाई थप उर्जा मिलेको युवा हरुको नजरमा राम्रो काम गर्न सक्ने चर्चित उम्मेदवार मल्ल रहेका कारण जीत एमालेको सुनिश्चित रहेको एमाले नेता हरु बताउछन । 

जैसपुर परसपुर साईगाउँमा पुर्व मन्त्री ईस्तियाक राई को पकड भएका कारण मुस्लिम मतदाता हरु एमाले लाई नै समर्थन गर्ने एमालेका मुस्लिम नेता हरुले संकेत गरेका छन । 

 जानकि गाउँपालिका प्रमुख  छब्बन खाँ को पनि मुस्लिम मतदाता हरुमा राम्रो पकड रहेको मुस्लिम मत काङ्ग्रेस लाई नै आउने काङ्ग्रेसका नेता ले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार