मुख्य समाचार
उढरापुर प्रतिक्षालयमा खुलेआम लागु औषध बिक्रि वितरण धनौली ले गर्न सकेन रोकथाम | भेरी रकर्स स्पोर्ट्स क्लब द्वारा देशभरबाट सदस्यताको लागि आह्वान | बाँके क्षेत्र नम्बर ३ मा काङ्ग्रेस र एमाले को कडा टक्कर | लागु औषध नियन्त्रण का लागि ईलाक प्रहरी धनौली को कारवाही | बिपि चोकमा आयो एम डि क्याफे एण्ड रेष्टुरेण्ट सन्चालनमा | सिपमा दक्षता दिन नेपालगञ्जमा खुल्यो लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टर | नेबि संघ मुस्लिम बिभागको केन्द्रिय संयोजकमा भाँट चयन | राजस्व उठाउने स्वार्थमा खजुरा गाँउपालिकाले खेती योग्य जमीन नष्ट पार्दै | नर्सिङ्ग क्याम्पस नेपालगन्जमा नेबि संघ कि स्ववियु उम्मेदवार थारु | खजुरा गाँउपालिकाले दियो जनयुद्व को सम्झनामा सार्वजनिक बिदा |

मासिक ज्यालादारीमा इटहरीले माग्यो अधिकृतदेखि इन्जिनियरसम्म, इन्जिनियरहरुले जनाए आपत्ती

Griha Sewa

इटहरी उपमहानगरले ज्यालादारीमा काम गर्ने गरी इन्जिनियरको आवेदन मागेपछि नेपाल इन्जिनियर्स एसोसिएसनले आपत्ती जनाएको छ । बौद्धिक वर्गमा पर्ने इन्जिनियरलाई मासिक ज्यालादारी दिने गरी आवेदन मागिएको भन्दै आपत्ती जनाएको हो ।

इटहरी उपमहानगरपालिकाले बिल्डिङ एन्ड आर्किटेक्ट र स्ट्रक्चरल इन्जिनियर पदका लागि छैठौँ तहमा १ १ जना मासिक ज्यालादारीमा कर्मचारी माग गर्दै सुचना जारी गरेको थियो । इन्जिनियर जस्तो समाजिक प्रतिष्ठा बोकेको पेसामा ‘ज्यालादारी’ हैसियतमा विज्ञापन गरेको भन्दै एसोसिएसनले आपत्ति जनाएको हो । इन्जिनियर उपाधिको उपहास हुने गरी विज्ञापन गरीएको एसोसिएसनको भनाई छ ।

एसोसिएसनका महासचिव विनोदप्रकाश पन्डितले उपमहानगरलाई सच्चिन आग्रह गर्दै नसच्चिए बोल्ड डिसिजनमा पुग्ने चेतावनी दिएको छ ।

उपमहानगरपालिकाले विभिन्न तहमा गरी २५ जना कर्मचारीका लागि आवेदन माग गर्दै बुधबार १५ दिने सुचना जारी गरेको छ । जसमा आठौ तहको मेडिकल अधिकृत (चिकित्सक) चार जना मासिक ज्यालादारीमा मागेको छ ।

यस्तै पाँचौ तहका लागि एक जना सुवेदार करारमा, चौथो तहको लागि ल्याब असिस्टेन्ट २ जना मासिक ज्यालादारीमा, जमदार १ जना करारमा, सहजकर्ता १ जना करारमा माग गरेको छ । यस्तै तेस्रो तहका लागि एक जना अग्नि नियन्त्रक हवल्दार करारमा, दोस्रो तहका लागि अग्नि नियन्त्रक ८ जना सिपाही करारमा माग गरेको छ । 

यस्तै अग्नी नियन्त्रक सवारी चालक २ जना करारमा, रोडरोलर अपरेटर चालक १ जना मासिक ज्यालादारीमा, भारी सवारी चालक १ जना मासिक ज्यालादारीमा माग गरेको छ । 

प्रतिक्रिया

fuzz4321@gmail.com २९ पौष २०८१, सोमबार

Frawlergo

सम्बन्धित समाचार